

सुदूरपश्चिम, भदौ २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले वास्तविक मुक्त हलियाको समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
धनगढीमा आयोजित १८औँ मुक्त हलिया दिवसका अवसरमा आयोजित ‘मुक्त हलियाको दिगो र न्यायोचित पुनस्र्थापनाका सन्दर्भमा सरोकारवालाबिच प्रदेशस्तरीय संवाद’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले यस्तो प्रतिबद्धता जनाउनुभएको हो ।
मुख्यमन्त्री भट्टले मुक्त हलियाको पुनस्र्थापनालाई केवल अल्पकालीन राहत वितरणमा सीमित नराखी दीर्घकालीन समाधानतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । लामो समयदेखि यो समस्या समाधान हुन नसक्नुका कारणबारे गम्भीर समीक्षा गर्दै आगामी दिनमा ठोस योजना र परिणाममुखी कार्यक्रमका साथ अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
मुक्त हलियाको दिगो पुनस्र्थापनाका लागि आवास, शिक्षा, रोजगारी, जीविकोपार्जन र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार, स्थानीय तह र सरोकारवाला निकायबिच सहकार्य आवश्यक रहेको मुख्यमन्त्री भट्टले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीहरूको समेत सहभागिता रहेको थियो ।
Summary Highlights
| विवरण (Detail) | जानकारी (Information) |
| अवसर | १८औँ मुक्त हलिया दिवस (प्रदेशस्तरीय संवाद कार्यक्रम) |
| स्थान | धनगढी, कैलाली |
| मुख्य वक्ता | मुख्यमन्त्री खगराज भट्ट (सुदूरपश्चिम प्रदेश) |
| मुख्य जोड | आवास, शिक्षा, रोजगारी र सामाजिक न्यायसहितको दिगो पुनस्र्थापना |
| रणनीति | विगतका कमजोरीको समीक्षा गरी नतिजामुखी ठोस योजना निर्माण गर्ने |
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























