09/06/2026, 09:53:16
आइतबार, भदौ २१, २०८३

पृथ्वी राजमार्गको कृष्णभिरमा ‘वान वे ट्रयाक’ खोलियो, पूर्ण रूपमा सडक खुल्न १० देखि १५ दिन लाग्ने


मुग्लिन, भदौ २१ गते । नागढुङ्गा–मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वी राजमार्गको कृष्णभिरमा डाइभर्सनको वान वे (एकतर्फी) ट्रयाक खोलिएको छ ।

गत सोमबार राजमार्ग भासिएपछि अवरुद्ध बनेको उक्त सडकमा शनिबारसम्म एकतर्फी सवारीसाधन आउजाउ गर्न सक्ने गरी ट्रयाक तयार पारिएको पृथ्वी राजमार्ग मुग्लिन–मलेखु आयोजनाका इन्जिनियर धिरण ढकालले जानकारी दिनुभयो ।

यद्यपि, एकतर्फी ट्रयाक खोलिए तापनि सुरक्षा र सवारीको चापलाई ध्यानमा राख्दै दुईतर्फी (डबल लेन) नै नखोली पूर्ण रूपमा सवारीसाधन सञ्चालन गर्न कठिन हुने आयोजनाले जनाएको छ । सडकलाई दुईतर्फी बनाउनका लागि अहिले आठ मिटर चौडाइ र २६० मिटर लम्बाइमा शुक्रबारदेखि भिर कटानको काम निरन्तर भइरहेको छ।

भिर कटानका लागि हाल घटनास्थलमा पाँच वटा स्काभेटर र दुई वटा लोडर परिचालन गरिएको छ । आयोजनाका अनुसार कटानबाट करिब एक लाख घनमिटर माटो हटाउनुपर्ने भएकाले सडक पूर्ण रूपमा सञ्चालनमा आउन कम्तीमा १० देखि १५ दिन लाग्नेछ ।

विवरण (Detail)जानकारी (Information)
स्थानकृष्णभिर, पृथ्वी राजमार्ग (मुग्लिन–मलेखु आयोजना)
वर्तमान स्थितिवान वे (एकतर्फी) ट्रयाक खोलिएको
भिर कटानको आकार८ मिटर चौडाइ र २६० मिटर लम्बाइ
हटाइनुपर्ने माटोकरिब १ लाख घनमिटर
परिचालित उपकरण५ वटा स्काभेटर र २ वटा लोडर
पूर्ण सञ्चालन हुन लाग्ने समय१० देखि १५ दिन