

नुवाकोट, भदौ १५ गते । गत बुधबार भोटेकोशीको बाढीले ठुलो धनजनमा क्षति गरेसँगै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना बाढी प्रभावितहरुको उद्धार, राहत र पुनरस्थापनामा निरन्तर सक्रिय रहनुभएको छ। उहाँ आफै दैनिकजसो बाढी प्रभावित क्षेत्रमा खटेर आवश्यकता अनुसार सञ्चालन गर्नुपर्ने उद्धार, राहत तथा पुनस्र्थापनाका सवालमा आवश्यक समन्वय गरिरहनुभएको छ ।
उहाँ नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ । बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन, बाढीले टुटाएको खानेपानी तथा विजुलीको मर्मत सम्भार, बाढी प्रभावित क्षेत्रमा रोग फैलन सक्ने जोखिमलाई न्यूनीकरण लगायतको विषयमा स्थानीयसँग छलफल गर्दै काम गरिरहेको मन्त्री तिमिल्सनाले बताउनुभयो।
आइतबार गोरखापत्र अनलाइनसँग कुरा गर्दै मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, ‘प्राकृतिक विपत्तिको प्रकृतिअनुसार चरणबद्ध रुपमा गरिने उद्धारको कामलाई अघि बढाइएको छ ।’ उद्धार कामलाई प्राथमिकता दिएर सरकारले काम गरिरहेको उहाँको भनाइ छ । बाढी प्रभावितको क्षेत्रमा डा. तिमिल्सिनाले सुरक्षाकर्मी, जिल्लास्थित स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सरोकारवाला पक्षसँग पनि निरन्तर सहकार्य गरिरहनुभएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


























