08/27/2026, 08:35:59
बिहिबार, भदौ ११, २०८३

त्रिशूली नदीमा ९ शव फेला, पहिचान हुन बाँकी (पोखरा अस्पताल लगियो)


तनहुँ, भदौ ११ गते । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावका कारण त्रिशूली नदीले बगाएर ल्याएका नौ वटा शव तनहुँ क्षेत्रमा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आँबुखैरेनी गाउँपालिका–४ स्थित पुलजिपदेखि देवघाट गाउँपालिका–५ स्थित देवघाटधामसम्मको नदी क्षेत्रबाट ती शवहरू उद्धार गरिएको हो।

फेला परेका सबै शवहरूको हालसम्म पहिचान हुन सकेको छैन। कानुनी प्रक्रिया पूरा गरी परीक्षण र सनाखतका लागि शवहरूलाई गण्डकी अस्पताल पोखराको शवगृहमा राखिएको छ। प्रहरीले शवको पहिचानका लागि आवश्यक प्रयास जारी राखेको छ।

नदीमा अझै थप शव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी निरीक्षक द्वय प्रदीप सुवेदी र आशिष पोखरेलको कमान्डमा छुट्टाछुट्टै टोली खोजी कार्यमा परिचालन गरिएको छ। तटीय क्षेत्रमा कुनै शव देखिएमा वा जानकारी पाएमा जिल्ला प्रहरी कार्यालय तनहुँका सम्पर्क नम्बरहरू (९८५६०६२२५५ वा ९८५६०९०१७८) मा तत्काल खबर गर्न प्रहरीले अनुरोध गरेको छ।