

बागमती, भदौ ३ गते । नेकपा (एमाले) का प्रदेशसभा सदस्य किरण थापामगरले बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष दाबी पेस गर्नुभएको छ। उहाँलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिष्ट पार्टीको समर्थन रहेको छ। सोमबार बसेको एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
१०४ सदस्यीय बागमती प्रदेशसभामा नयाँ सरकार गठनका लागि स्पष्ट बहुमत अर्थात् ५३ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्दछ।
प्रदेशसभाको वर्तमान दलीय अवस्था:
नेपाली कांग्रेस: ३६ सिट
नेपाली कम्युनिस्ट पार्टी: २६ सिट
नेकपा (एमाले): २५ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा): १२ सिट
नेपाल मजदुर किसान पार्टी (नेमकिपा): ३ सिट
हाम्रो नेपाली पार्टी: २ सिट
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
























