

हेटौँडा, साउन २७ गते । लामो समयदेखि उद्योग पूर्ण रूपमा बन्द भएपछि हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीहरू गम्भीर आर्थिक सङ्कटमा परेका छन्। विगत १४ महिनादेखि नियमित पारिश्रमिक नपाउँदा कर्मचारीहरूले सञ्चय कोष, नागरिक लगानी कोष, बिमा र अवकाशपछिको उपदानसमेत पाउन सकेका छैनन्। उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब सुविधा र अन्य श्रम शीर्षकहरूमा गरी करोडौँ रुपियाँ दायित्व भुक्तानी हुन बाँकी छ।
कुल बक्यौता दायित्व:
– स्थायी कर्मचारीको तलब र सुविधाबापत मात्र १२ करोड ३० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ।
– ज्यालाबापत रु. १ करोड ५३ लाख, सुरक्षा सेवाबापत रु. १ करोड ८४ लाख, र अतिरिक्त समयबापत रु. ७२ लाखभन्दा बढी भुक्तानी बाँकी छ।
– बिमा, सञ्चय कोष, नागरिक लगानी कोष, र अवकाशप्राप्त कर्मचारीको उपदान (रु. ४ करोड ९० लाख) लगायत अन्य शीर्षकमा करोडौँको दायित्व छ।
नियमित आम्दानी ठप्प भएपछि उद्योगमा कार्यरत कर्मचारीहरूको दैनिक जीवनयापन, बाल-बच्चाको पढाइ खर्च र ऋणको किस्ता तिर्नसमेत धौ-धौ परेको छ। वर्षौँदेखि सरकारी संस्थानमा सेवा गर्दै आएका कर्मचारीहरू अहिले सामान्य परिवार चलाउन पनि धौ-धौ पर्ने अवस्थामा पुगेका छन्। पटक-पटक जिल्ला प्रशासन कार्यालय तथा सम्बन्धित निकायमा ध्यान आकर्षण गराउँदा पनि समस्या समाधानका लागि ठोस निर्णय हुन सकेको छैन।
उद्योग प्रशासनका अनुसार चालु पुँजीका साथै कोइला र जिप्सम खरिद गर्ने बजेट अभावका कारण विगत तीन वर्षदेखि उद्योग सञ्चालन हुन सकेको छैन। समस्या समाधानका लागि अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग कर्जा सुविधाका लागि पटक-पटक अनुरोध गरिए पनि हालसम्म कुनै ठोस कदम चालिएको छैन।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































