

चितवन, साउन १८ गते । नाम्सी खोला, सिमलताल, १५ किलो र १७ किलो क्षेत्रमा बिहान लेदोसहित खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहान १०:०० बजेदेखि दुवैतर्फी रुपमा सञ्चालनमा आएको छ ।
तुइन खोलाको पहिरो सोही क्षेत्रमा काम गरिरहेको निर्माण कम्पनीले तथा अन्य स्थानको पहिरो मुग्लिन र सेती-दोभानमा रहेका उपकरण प्रयोग गरी हटाइएको हो ।
डिभिजन सडक कार्यालय, चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार उक्त क्षेत्रमा अहिले पनि सिमसिम पानी परिरहेको र जुनसुकै बेला पहिरो खस्न सक्ने सम्भावना रहेकाले यात्रु तथा सवारी चालकहरूलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























