08/03/2026, 11:09:33
सोमबार, साउन १८, २०८३

नारायणगढ–मुग्लिन सडक एकतर्फी मात्र, सावधानीपूर्वक यात्रा गर्न आग्रह


चितवन, साउन १८ गते । नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी नयाँ पुलमा सोमबार बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ । हाल सो सडकमा एकतर्फी मात्र यायातात सेवा सञ्चालित छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले तत्काल पहिरो पन्छाउने काम सुरु गरिएको जानकारी दिनुभयो । थप ढुङ्गा नझरे पहिरो पन्छाउन केही समय लाग्ने उहाँले जानकारी दिनुभयो । यो सडक पहिरोका जोखिममा रहेकाले यात्रा गर्दा सावधानीपूर्वक गर्न निरीक्षक थापाले आग्रह गर्नुभयो ।