

विराटनगर, असार ३१ गते । विराटनगरस्थित शौर्य बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष पवन झालाई मोरङ प्रहरीले पक्राउ गरेको छ। सहकारीको रकम हिनामिना र सर्वसाधारण ठगी गरेको आरोपमा फरार रहेका झालाई जिल्ला प्रशासन कार्यालय मोरङ परिसरबाट पक्राउ गरिएको हो।
सप्तरी घर भई विराटनगर-३ बस्ने ४० वर्षीय झाविरुद्ध यसअघि नै पक्राउपुर्जी जारी भएको थियो। उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दामा पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





























