

धनगढी, असार २३ गते । कैलालीको धनगढीमा १० वर्षीय बालक तनुज चौधरीको हत्या प्रकरणका फरार अभियुक्त खगेन्द्र भन्ने खेमराज कठायत पक्राउ परेका छन्।
गौरीगङ्गा नगरपालिका–६ का २५ वर्षीय कठायतलाई जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढी उपमहानगरपालिका–२ भन्सार रोडबाट पक्राउ गरेको हो। असार १२ गते धनगढी–१७ स्थित कालिका सामुदायिक वनमा बालकको वीभत्स हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि नै तीन जनालाई पक्राउ गरिसकेको छ। पक्राउ परेका कठायतमाथि हिरासतमा राखेर ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!























