06/14/2026, 10:45:42
आइतबार, जेठ ३१, २०८३

सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित


सुदूरपश्चिम, जेठ ३१ गते । सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

प्रदेशसभाको आजको बैठकमा सभामुख भीमबहादुर भण्डारीले निर्णयार्थ पेस गर्नुभएको प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बहुमतले परित गरिएको हो ।

यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले वार्षिक नीति तथा कार्यक्रमको छलफलमाथि उठेका प्रश्नहरुको जवाफ दिनुहुँदै प्रदेशसभा सदस्यहरुबाट छलफलका क्रममा आएका सुझावलाई बजेट वक्तव्यमा समेटिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..