काठमाडौँ, जेठ १५ गते । विभिन्न आठ वटा विश्वविद्यालयमा उपकुलपतिका लागि आवेदन दिएकामध्ये १८८ जनाको आवेदन स्वीकृत भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार आवेदन स्वीकृत भएका व्यक्तिको नामावली सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार आठ वटा विश्वविद्यालयका उकुलपतिका लागि २१८ जनाले आवेदन दिएका थिए । ३० जनाको आवेदन विविध कारणले अस्वीकृत भएको छ ।
आवश्यक कागजपत्र अपुग भएको तथा आवश्यक अन्य योग्यता नपुगेका आवेदन अस्वीकृत भएको मन्त्रालयले जनाएको छ । स्वीकृत आवेदकबाट मन्त्रालयले फेरि सङ्क्षिप्त सूची प्रकाशन गर्ने छ । यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५०, पूर्वाञ्चल विश्वविद्यालय ३८, पोखरा विश्वविद्यालय ३८, सुदूरपश्चिम विश्वविद्यालय १९, मध्यपश्चिम विश्वविद्यालय २०, लुम्बिनी बौद्ध विश्वविद्यालय ११, कृषि तथा वनविज्ञान विश्वविद्यालय १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ गरी २१८ जनाको आवेदन परेको थियो ।
स्वीकृत भएका आवेदकमध्ये त्रिविका लागि ४३, पूर्वाञ्चलका लागि ३४, पोखराका लागि ३३, राजर्षि जनकका लागि सुदूरपश्चिमका लागि १८, मध्यपश्चिमका लागि १९, कृषि तथा वनविज्ञानका लागि १३ र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि सात जना छन् । अब स्वीकृत भएकाबाट सङ्क्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक हुने छ । अध्यादेशबाट विश्वविद्यालयका उपकुलपतिहरू पदमुक्त भएपछि प्रतिस्पर्धाबाट नयाँ उपकुलपति चयन गर्न लागिएको हो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































