

काठमाडौँ, जेठ १३ गते । नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीको अवकाश कोषको व्यवस्थापन गर्नेसम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा योगदानमा आधारित भए-नभएको उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्ने, गराउने व्यवस्था रहेको छ । बैंकका कर्मचारीले मासिकरवार्षिकरूपमा कोष कट्टी गरी नियमित रूपले लगानी कोषमा रकम जम्मा गर्नुपर्ने कोषले जनाएको छ ।
कोषले बैंकका कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ । बैंकको सिफारिसमा सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्ने व्यवस्था कोषले गर्नेछ ।
उक्त सम्झौतामा कोषका निर्देशक छविरमण अधिकारी र बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीले हस्ताक्षर गरेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































