05/25/2026, 16:29:38
सोमबार, जेठ ११, २०८३

सेती खोँचबाट निकालियो भारतीय युवकको शव


लेखनाथ, जेठ ११ गते । कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दुःखद घटना भएको छ ।

वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम फाली बेपत्ता ३४ वर्षीय मुकेश महतोको शव सोमबार बिहान निकालिएको हो ।

भारतको सीतामढी स्थायी घर भई हाल पोखरा–१७, घारीपाटन बस्ने महतो सोमबार राति पौने १० बजे बाँसघारी भन्ने ठाउँबाट सेतीमा हाम फालेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले सोमबार राति हाम फालेका भारतीयको शव मङ्गलबार बिहान निकालिएको जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल कालिक गणबाट खटिएको टोलीले साढे दुई सय फिट गहिरो खोँचबाट डोरीको सहायताले शव निकालेको थियो ।अहिले शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..