नयाँ दिल्ली, जेठ १ गते । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीन लगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । “हामी सहयोग गर्ने हैसियत भएका कुनै पनि देशकोे सहयोगलाई स्वागत गर्छौ,” विशेष गरी चीनले मध्यपूर्व युद्धमा मध्यस्थता गर्न चाहेमा के यो इरानका लागि स्वीकार्य छ भनी सोधिएको प्रश्नमा ब्रिक्स समूहका राष्ट्रको बैठकका अवसरमा नयाँदिल्लीमा पत्रकारसँगको संवादमा उहाँले भन्नुभयो ।
वार्ता जारी राख्न अमेरिका इच्छुक रहेको सन्देश वासिङ्टनबाट प्राप्त भएको पनि विदेशमन्त्री अराघचीले बताउनुभएको छ । उहाँले भन्नुभयो, “हामीले उनीहरू वार्तालाई निरन्तरता दिन इच्छुक छन् भन्ने सन्देश अमेरिकी अधिकारीबाट फेरि प्राप्त गरेका छौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सी जिनपिङले ‘स्ट्रेट अफ हर्मुज’ पुनः खोल्न चीनले सहयोग गर्ने प्रस्ताव गरेको र चिनियाँ नेताले अमेरिका र इजरायल विरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता व्यक्त गरेको बताएको एक दिनपछि अराघचीले उक्त कुरा बताउनुभएको हो ।


उहाँले अगाडि भन्नुभयो, “चीनसँग हाम्रो धेरै राम्रो सम्बन्ध छ, हामी एक अर्काका रणनीतिक साझेदार हौँ र हामीलाई थाहा छ कि चिनियाँको मनसाय राम्रो छ, त्यसैले उनीहरूले कूटनीतिमा सहयोग पुर्याउन सक्ने कुनै पनि कुरालाई इस्लामिक गणतन्त्रले स्वागत गर्ने छ । इरान र अमेरिकाबिचको तनाव कम गर्न अहिलेसम्म पाकिस्तान मध्यस्थकर्ता रहँदै आएको छ । उहाँले भन्नुभयो, “पाकिस्तानको मध्यस्थता प्रक्रिया अझै असफल भएको छैन, तर मुख्यतः अमेरिकीको व्यवहार र हामीबिच रहेको अविश्वासको कारण यो धेरै कठिन मार्गमा छ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















































