05/14/2026, 21:41:57
बिहिबार, बैशाख ३१, २०८३

चिनियाँ जहाजलाई रणनीतिक जलमार्ग ‘हर्मुज’ पार गर्न इरानद्वारा अनुमति


तेहरान, वैशाख ३१ गते । इरानी नौसैनिक बलले चिनियाँ जहाजको एक समूहलाई मङ्गलबार रातिदेखि रणनीतिक जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ हुँदै जान अनुमति दिएको छ ।

इरानी समाचार समित तस्निमले नाम उल्लेख नगरिकन इरानी अधिकारीलाई उद्धृत गरी लेखेको छ, “इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चिनियाँ जहाजलाई स्ट्रेट अफ होर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानुनअनुसार यात्रा गर्न अनुमति दिइएको छ ।

बेइजिङले अनुरोध गरेको यो मार्ग बुधबार साँझ ‘इरानी व्यवस्थापन नियममा समझदारी’ पछि सुरु भएको बताइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..