काठमाडौँ, चैत १२ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कर्याालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार भेटुवाल र लेखापढी व्यवसाय (बिचौलिया) गर्ने भनिएका खगेन्द्र पौडेलसमेतको आपसी मिलेमतो तथा योजनामा सवारी सरुवा सहमति दिनका लागि सेवाग्राहीसँग घुस माग तथा बार्गेनिङ गरी गराइ ११ हजार पाँच सय रुपियाँ घुस रकम लिन सहमति भएका थिए ।
उनीहरुको पूर्वयोजना तथा सहमति बमोजिम घुस रकम लिएको स्थापित भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को देहाय (क) बमोजिम बिगो रकम ११ हजार पाँच सय रुपियाँ कायम गरी कैद र जरिवाना सजाय हुन मागदाबी लिइ बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
