बाक्लो हुस्सुका कारण अधिकांश विमानस्थलहरूको भिजिविलिटी कम हुँदा उडान अवतरणमा समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानतर्फ एयर इन्डिया बनारस ड्राइभर्ट भएको छ भने दोहा कतारदेखि काठमाडौं आइरहेको नेपाल एयरलाइन्सको जहाज आकाशमै होल्ड भएको विमानस्थलले जानकारी दिएको छ ।
यसैगरी आन्तरिक उडानतर्फ तराई क्षेत्रमा उडानका लागि तयारी अवस्थामा रहेका जहाजहरू खराब मौसमका कारण डिले हुन पुगेको विमानस्थलले जानकारी दिएको छ । बुद्ध एयरका दुईवटा फ्लाइट काठमाडौंदेखि भद्रपुर र एउटा तुम्लिनटारको उडान रोकिएको अवस्था छ । पोखरा, जनकपुर, भरतपुर र सिमराका फ्लाइटहरू समेत प्रभावित बनेको विमानस्थलले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
