04/07/2026, 18:43:17
मङ्गलबार, चैत २४, २०८२

नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट हुने


काठमाडौं, पुस ११ गते । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी  र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गर्नुभएको हो ।

blog

सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।