04/08/2026, 03:36:37
मङ्गलबार, चैत २४, २०८२

गायक सुगम पोखरेलको ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक


गायक सुगम पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी’मा रहेको ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। उक्त गीतमा शब्द र संगीत सुगम स्वयंका हुन् भने संगीत संयोजन शिवम रसाइलीले गरेका छन्।

आफ्नो फरक प्रस्तुतिसहित भिडिओमा प्रस्तुत भएका सुगमलाई कलाकारहरू सुनिता शेरचन, ममता प्रसाईं र जेबिशा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडिओ अल्टिमेट सिजापति ब्यानरमा बनेको हो। आफ्ना अन्य गीतजस्तै यो गीतलाई पनि सबै दर्शक/ स्रोताले मन पराउने आशा सुगमले गरेका छन्। गीतिसंग्रह ‘नवमी’ सुगम को ९औँ संग्रह हो।