काठमाडौँ, भदौ १५ गते । अन्तरराष्ट्रिय बजारमा निरन्तर मूल्य घटेपछि त्यसको प्रत्यक्ष प्रभाव नेपाली स्थानीय बजारमा परेको छ। स्थानीय बजारमा पाँच दिनको अवधिमा सुनको मूल्य प्रतितोला सोह्र हजार रुपियाँले घटेको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार गत बुधबार प्रतितोला ३ लाख २२ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार घटेर ३ लाख ६ हजार ६ सय रुपियाँमा झरेको छ। अन्तरराष्ट्रिय बजारमा पनि प्रतिऔंस सुनको मूल्य ४ हजार ६४३ अमेरिकी डलरबाट घटेर ४ हजार ४२५ अमेरिकी डलरमा सीमित भएको छ।
सुनको मूल्यमा आएको यस तीव्र गिरावटको मुख्य कारण अमेरिकी फेडरल रिर्जव बैंकले ब्याजदर बढाउने चर्चा र रुस लगायतका देशहरूले आफ्नो मौज्दातमा रहेको सुन बिक्री गर्न थाल्नुलाई मानिएको छ। आगामी दिनहरूमा पनि सुनको मूल्य अझ घट्न सक्ने व्यवसायीहरूको अनुमान छ।
यद्यपि, तीजको मौसम सुरु भए पनि बाढीपहिरोका कारण उत्पन्न असहज परिस्थिति र उपभोक्ताको क्रयशक्ति कमजोर भएकाले स्थानीय बजारमा सुनको माग न्यूनतम विन्दुमा पुगेको छ, जसले गर्दा बजार सुनसानप्रायः बनेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




























