08/30/2026, 16:48:07
आइतबार, भदौ १४, २०८३

रसुवागढी बाढीपहिरो : मधेशका १९२ मध्ये ३० जना सम्पर्कमा, १६२ अझै बेपत्ता


काठमाडौं, भदौ १४ गते । रसुवागढी क्षेत्रमा गत बुधबार आएको बाढीपहिरोपछि सम्पर्कविहीन भएका मधेश प्रदेशका १९२ जनामध्ये ३० जना सम्पर्कमा आएका छन् । बाँकी १६२ जना अझै सम्पर्कविहीन रहेको मधेश प्रदेश प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजेसम्मको विवरणअनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका नागरिक सम्पर्कविहीन भएका थिए । तीमध्ये ३० जनासँग सम्पर्क स्थापित भएको र बाँकीको खोजी तथा अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सम्पर्कविहीनमध्ये सप्तरी र पर्साका नागरिकको सङ्ख्या बढी छ । सुरक्षा निकाय तथा उद्धार टोलीले प्रभावित क्षेत्रमा खोजी कार्य जारी राखेका छन् ।

यसैबीच, सम्पर्कविहीन धनुषाका अजयप्रसाद सिंहका परिवारले क्याम्प तथा सम्भावित स्थानमा खोजीलाई प्राथमिकता दिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । अजय माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कन्ट्रोलरका रूपमा कार्यरत रहेको जनाइएको छ ।