

काठमाडौं, २०८३ भाद्र १४ गते – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोको सङ्ख्या निरन्तर बढिरहेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का अनुसार आइतबार बिहान ९ बजेसम्म नेपालमा ७३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ हजार ४९८ जना अझै बेपत्ता छन्। छिमेकी मुलुक चीनको तिब्बत स्वायत्त क्षेत्रमा पनि १६ जनाको मृत्यु र ५४६ जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ। योसँगै नेपाल र तिब्बत गरी कूल ७५० जनाको मृत्यु र ३ हजार ४४ जना बेपत्ता भएका छन्।
नेपालको अवस्था : सबैभन्दा धेरै चितवनमा
प्राधिकरणको तथ्याङ्कअनुसार सबैभन्दा धेरै २५९ शव चितवनबाट, १८४ नवलपरासी पूर्व, ८२ नवलपरासी पश्चिम, ५८ गोरखा, ५२ नुवाकोट, ५० धादिङ, ३६ तनहुँ र १३ रसुवाबाट प्राप्त भएका छन्।
बेपत्ता मध्ये ५८९ विदेशी नागरिक र १२७ नेपाली पर्यटकसँगै रहेका व्यक्ति छन्। त्यस्तै, ९३३ जना जलविद्युत् आयोजनाका कामदार, ५६२ रसुवामा र ११५ नुवाकोटमा बेपत्ता रहेको प्राधिकरणले जनाएको छ। २४२ जना घाइते भएका छन्।
तिब्बतको अवस्था : हिमपहिरो नै मुख्य कारण
तिब्बतको जिरोङ काउन्टी सरकारका प्रवक्ताका अनुसार यस विपत्तिको मुख्य कारण हिमपहिरो नै हो। चिनियाँ सीमा नजिकैको हिमपहिरोले भोटेकोशी नदीमा ठूलो मात्रामा ढुङ्गा, हिउँ र पानी बगाएर ल्याएको थियो, जसले ७० किलोमिटरभन्दा बढी दूरीमा विनाश मच्चायो।
चिनियाँ अधिकारीहरूका अनुसार बेपत्ता मध्ये २६१ विदेशी नागरिक रहेका छन्, जसमा ४९ भारतीय नागरिक पनि छन्।
उद्धार कार्य : २० हजार सुरक्षाकर्मी परिचालित
नेपाल सरकारले १९,८९५ सुरक्षाकर्मी परिचालन गरेको छ, जसमा ८,३९९ नेपाली सेना, ७,२९३ नेपाल प्रहरी र ४,२०३ सशस्त्र प्रहरी बल सहभागी छन्। हालसम्म ८,१८६ जनाको उद्धार गरिसकिएको छ। २२७ विदेशीसहित २७९ जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको छ।
तर, दुर्गम भूगोल र लगातारको वर्षाले उद्धार कार्यमा अत्यन्त कठिनाइ भइरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। प्रतिकूल मौसमले हेलिकोप्टर उडानमा अवरोध पुर्याउँदा टाढाका हिमाली बस्तीहरूमा पुग्न समस्या भइरहेको छ।
नयाँ त्रास : ब्यारियर तालको जोखिम
यस विपत्तिपछि तिब्बततर्फ छोचेन खोला र पुरेपु त्साङपो नदीको सङ्गम स्थलमा २० लाख घनमिटर पानीको ब्यारियर ताल (पहिरोले बाँधिएको ताल) बनेको छ। आगामी तीन दिनमा यसमा थप ३० लाख घनमिटर पानी थपिने अनुमान गरिएको छ।
यो ताल फुटेको खण्डमा त्रिशूली क्षेत्रमा फेरि ठूलो बाढी आउने खतरा रहेको छ। नेपाल प्रहरीले तिब्बततर्फको बाँध फुटेको सूचना प्राप्त भएको भन्दै त्रिशूली क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। उद्धार कार्यमा खटिएका टोलीलाई पनि सचेत रहन निर्देशन दिइएको छ।
अस्ट्रेलियाली परिवारको पीडा : “आशा मार्न सक्दिनँ”
यस विपत्तिमा ४२ जना अस्ट्रेलियाली अझै बेपत्ता छन्। ती मध्ये एकका दिदीले आफ्नो भाइको सम्पर्क नभएपछि “आशा मार्न सक्दिनँ” भन्दै पीडा व्यक्त गर्नुभएको छ। न्यू साउथ वेल्सका माइकल किट्स पनि विपत्तिअघि १० मिनेट मात्रै जिरोङ पोर्ट पुग्नुभएको थियो। उहाँको परिवारले “हाम्रो सुन्दर माइकल सुरक्षित होला भन्ने आशा गरेका थियौं, तर त्यो सम्भव भएन” भन्दै शोक व्यक्त गरेका छन्।
सरकारी पहल : राहत र पुनर्स्थापना
प्रधानमन्त्री बालेन्द्र शाहले विपद्ग्रस्त क्षेत्रमा प्रत्येक नागरिकको जीवन बचाउने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ। प्रधानमन्त्रीको विपद् राहत कोषमा अढाइ अर्बभन्दा बढी रुपैयाँ सङ्कलन भएको छ। रसुवा र नुवाकोटलाई १०–१० करोड, धादिङलाई ५ करोड र १५ स्थानीय तहलाई ६ करोड ७५ लाख रुपैयाँ वितरण गरिएको छ।
अमेरिकाले ३६ लाख डलर (करिब ४८ करोड रुपैयाँ) को आपत्कालीन सहायता उपलब्ध गराउने घोषणा गरेको छ। यस रकमले १०,००० परिवार लाई खाद्यान्न सहायता पुर्याउने लक्ष्य राखिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















