काठमाडौँ, भदौ १४ गते । नेपाल–चीन सीमा क्षेत्र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका पर्यटकमध्ये शनिबार साँझसम्म १६ देशका २६१ जना विदेशी पर्यटकको सफल उद्धार गरिएको छ।
नेपाल पर्यटन बोर्डका अनुसार गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा अलपत्र परेका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, युक्रेनका आठ लगायत विभिन्न देशका नागरिकहरूको उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको छ।
| देश (Country) | उद्धार गरिएका पर्यटक संख्या |
| भारत | १६७ |
| चीन | ४० |
| युक्रेन | ८ |
| जर्मनी | ४ |
| इटाली | ३ |
| माल्टा | ४ |
| स्पेन | २ |
| रसिया | २ |
| स्वीजरल्यान्ड | २ |
| टर्की | २ |
| अमेरिका | ३ |
| बेल्जियम | १ |
| बुल्गेरिया | १ |
| ओमान | १ |
| पोर्चुगल | १ |
| परिचय नखुलेका/अन्य | २१ |
| जम्मा (Total) | २६१ |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र स्थानीय सरोकारवाला निकायहरू प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र रूपमा अगाडि बढाइरहेका छन्। यद्यपि, बाढीमा परेर अझै ३२० जना पर्यटकहरू सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी कार्य र घाइतेहरूको उपचारलाई प्राथमिकताका साथ जारी राखिएको छ।
पर्यटकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै पर्यटन बोर्डले सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ। साथै, कुनै पनि जानकारी वा सहयोगका लागि बोर्डले टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















