08/30/2026, 08:08:39
आइतबार, भदौ १४, २०८३

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह


काठमाडौँ, भदौ १४ गते । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको जानकारी दिनुभयो ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका विभिन्न क्षेत्रमा ठुलो मानवीय र भौतिक क्षति भएको थियो ।