

काठमाडौँ, भदौ १० गते । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण साँझसम्म मृत्यु हुनेको संख्या ७० पुगेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवहरूमा २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र पहिचान नखुलेका २० जना रहेका छन्। बाढीको असर रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र नवलपरासी पूर्वसम्म पुगेको छ।


उद्धार गरिएका ६३ जना घाइतेहरूको काठमाडौँस्थित शिक्षण अस्पताल, ट्रमा सेन्टर, त्रिशूली अस्पताल र रसुवा अस्पताल लगायतका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। बाढीका कारण टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती र हाकु क्षेत्रबाट गरी २१ जना प्रहरी जवानहरूसमेत सम्पर्कविहीन भएका छन्।


बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी र उद्धार टोलीहरूले बेपत्ताको खोजी तथा राहत कार्य निरन्तर जारी राखेका छन्। प्रभावित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।


What if you could work from Anywhere?
Explore More with something that can change your Life!

























