08/26/2026, 20:04:39
बुधबार, भदौ १०, २०८३

जोखिम बढेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द


धादिङ, भदौ १० गते । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायत क्षेत्रमा ठूलो क्षति पुगेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै धादिङ जिल्ला प्रशासन कार्यालयले पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरेको छ। प्रशासनले आज एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको छ। लगातारको बाढी-पहिरो र थप जोखिमको सम्भावनालाई ध्यानमा राख्दै सर्वसाधारणको जीउज्यानको सुरक्षाका लागि राजमार्ग बन्द गर्ने निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ।

हाल बाढी प्रभावित क्षेत्रमा उद्धार तथा जोखिम न्यूनीकरणका कामहरू भइरहेका छन्। सडक खुलाउन र स्थिति सहज बनाउनका लागि सम्बन्धित निकायहरूले समन्वय गरिरहेका छन् भने सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र सतर्कता अपनाउन आग्रह गरिएको छ।