

गुल्मी, भदौ ६ गते। गुल्मीको रेसुङ्गा नगरपालिकामा बाँदर धपाउने क्रममा लडेर एक महिलाको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका–७ कुडापानीकी ५५ वर्षीया कमला पाण्डेको शुक्रबार साँझ बाँदर धपाउने क्रममा भीरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
मकैबारीमा आएको बाँदर लखेट्ने क्रममा पाण्डे चिप्लिएर करिब २५ मिटर तल निउरेनी जंगलको गोरेटो बाटोमा खसेर गम्भीर घाइते हुनुभएको थियो। घटनालगत्तै उद्धार गरी उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको भए पनि उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान भइरहेको छ। ग्रामीण क्षेत्रमा बाँदरको त्रास बढ्दै जाँदा बालीनाली जोगाउने प्रयासमा यस्ता दुखद दुर्घटनाहरू दोहोरिने गरेका छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































