07/05/2026, 11:22:07
आइतबार, असार २१, २०८३

बागमती प्रदेशको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित


मकवानपुर, असार २१ गते । बागमती प्रदेश सभाबाट आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित भएको छ । शनिबार बसेको प्रदेश सभा बैठकबाट बजेट पारित भएसँगै प्रदेश सरकारलाई आगामी साउन १ गतेदेखि प्रदेश सञ्चित कोषबाट खर्च गर्ने बाटो खुलेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले पेस गर्नुभएको विनियोजन विधेयक २०८३ बहुमतले र अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८३ सर्वसम्मति रूपमा स्वीकृत भएको हो । बैठकमा सदस्यहरू ईश्वर सापकोटा, सिर्जना सायजू र रत्नप्रसाद ढकालले राख्नुभएको खर्च कटौतीको प्रस्ताव भने बहुमतले अस्वीकृत भएको थियो ।

बजेटको मुख्य अंश र स्रोतहरू:

  • कुल बजेट: ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपियाँ
  • चालुतर्फ: २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपियाँ (३४.३१ प्रतिशत)
  • पुँजीगततर्फ: ४३ अर्ब ९७ करोड १४ लाख तीन हजार रुपियाँ (६५.६९ प्रतिशत)

आयका स्रोतहरू (अनुमानित):

  • कर राजस्व: ३० अर्ब १५ करोड छ लाख ६८ हजार रुपियाँ
  • अन्य राजस्व: सात अर्ब ९३ करोड ९९ लाख १२ हजार रुपियाँ
  • ङ्घीय वित्तीय हस्तान्तरण: १५ अर्ब ३१ करोड ४८ लाख रुपियाँ
  • सञ्चित कोष र विविध: १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार रुपियाँ
  • ऋण लगानी फिर्ता: ९६ करोड रुपियाँ

चालु आर्थिक वर्षका लागि विनियोजित ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपियाँको बजेटमध्ये ७१ प्रतिशत अर्थात् ४७ अर्ब ९१ करोड १८ लाख ७६ हजार रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।