

काठमाडौँ, जेठ २२ गते । ८ विश्वविद्यालयमा उपकुलपति छनोटका लागि सर्टलिस्ट (अल्पसूची) सार्वजनिक गरिएको छ । उपकुलपति सिफारिस गर्न गठित समितिले शुक्रबार उक्त सूची सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षी जनक विश्वविद्यालयमा १० जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा आवेदकको संख्या कम भएको हुँदा ७ जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
सरकारले ती विश्वविद्यालयका उपकुलपति पदका लागि २५ वैशाखमा अनलाइन दरखास्त आह्वान गरेको थियो । उपकुलपति बन्न २ सय १८ जनाको आवेदन परेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको थियो ।
समितिले उपकुलपति छनोटसम्बन्धी कार्यविधि आवेदनकै क्रममा जारी गरेको थियो । जसमा ३५ पूर्णांकमा व्यक्तिगत विवरणहरुको मूल्यांकन गरी संक्षिप्त सूची तयार पारिने उल्लेख छ । कुल १ सय पूर्णांकमध्ये बाँकी ६५ पूर्णांकमा उम्मेदवारको विश्वविद्यालयसम्बन्धी सोचपत्र, कार्ययोजना, त्यसको प्रस्तुति र अन्तर्वार्ता लिई मेरिटको आधारमा सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ ।
सरकारले अध्यादेशमार्फत यसअघिका सरकारले नियुक्त गरेका करिब १५ सय जनाको नियुक्ति खारेज गरिदिएपछि सबै विश्वविद्यालयहरुमा उपकुलपति लगायतका पदाधिकारी खाली रहेका छन् । पद रिक्त भएका ठाउँमा कुलपति तथा प्रधानमन्त्री वालेन्द्र शाहले डिन र वरिष्ठतम प्राध्यापकलाई निमित्तको जिम्मेवारी दिएका छन् ।
यस्तो छ सर्टलिस्ट :
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



































