

काठमाडौँ, जेठ २० गते । तेह्रथुममा यार्सागुम्बासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सङ्खुवासभाको मादी नगरपालिका–९ का जीवन लिम्बु, कर्णबहादुर लिम्बु, बादल लिम्बु र हर्कबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार म्याङ्लुङ नगरपालिका–६ मा रहेको भुसीने जिपटारे सामुदायिक वन क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूको साथबाट १३ थान यार्सागुम्बा तथा ९ वटा मोटरसाइकल बरामद गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
बरामद सामग्रीसहित पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय तेह्रथुममा बुझाइएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


































