

काठमाडौँ, जेठ १९ गते । काठमाडौंको TU गेट नजिक आज गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका १९ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
६० ओटा सवारी साधन चेक गर्दा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै खिइएका तथा अवस्था ठिक नभएका १९ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको हो ।
अवस्था ठिक नभएका सवारी साधन चलाउँदा सवारी दुर्घटनाको सम्भावना रहने र त्यसबाट यात्रु तथा सडक प्रयोगकर्ताको जीवन जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्नको लागि सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयवाट टोली काठमाडौंको TU गेट नजिक आज खटिएको थियो ।


नियमित रुपमा आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले अनुरोध गर्नुभएको छ ।


“ प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाहीमा”
काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्क नजिक गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ ओटा सवारी साधन कारवाहीमा परेका छन् । वातावरण व्यवस्थापन विभाग, चन्द्रागिरी नगरपालिका र ट्राफिक प्रहरी प्रभाग थानकोटबाट संयुक्त रुपमा खटिएको टोलीले काठमाडौंको थानकोट स्थित त्रिभुवन पार्क नजिक चेक गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने १३ ओटा सवारी साधन फेला परेका थिए ।


मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने भएकाले आफ्नो सवारी साधनको अवस्था चेक गरी आवश्यक मर्मत सम्भार गरेर मात्रै सवारी साधन सञ्चालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!







































