काठमाडौँ, जेठ १९ गते। आगामी जुन ११ देखि जुलाई १९ तारिखसम्म अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने फिफा विश्वकप फुटबल–२०२६ का लागि पाराग्वे टोलीको घोषणा भएको छ ।
पाराग्वेले सोमबार राति २६ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । दक्षिण अमेरिकी टोली पाराग्वे सन् २०१० पछि विश्वकपमा स्थान बनाएको हो । यस विश्वकपमा पाराग्वे समूह ‘डी’ मा रहेको छ । यस समूहमा आयोजक अमेरिका, अस्ट्रेलिया र टर्की रहेको छ । पाराग्वेले जेठ ३० गते अमेरिकासँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ ।


पाराग्वेको विश्वकप टोली
गोलरक्षक : रोबर्टो जुनियर फर्नान्डेज, ओरलान्डो गिल र गास्टोन ओल्भेइरा
रक्षक : ओमार एल्डेरेटे, जुनियर आलोन्स, फाबियन बाल्बुएना, जुआन होसे कासेरेस, होसे क्यानाले, गुस्ताभो गोमेज, अलेक्सान्द्रो माइदाना र गुस्ताभो भेलास्केज
मिडफिल्डर : डामियन बोबाडिला, गुस्ताभो काबालेरो, आन्द्रेस कुबास, मातियास गालार्सा, डिएगो गोमेज, माउरिसियो मगल्हाएस, ब्रियान ओहेडा र आलेहान्द्रो रोमेरो
स्ट्राइकर : मिगुएल अल्मिरोन, गाब्रिएल आवालोस, अलेक्स आर्से, जुलियो एन्सिसो, इसिद्रो पिट्टा, एन्टोनियो सानाब्रिया र रामोन सोसा ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








































