

काठमाडौँ, जेठ १९ गते । सरकारले दुध तथा दुग्धजन्य पदार्थको खपत बढाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सूूचना तथा सञ्चार मन्त्रालय र कृषि, वन तथा पर्यावरण मन्त्रालयले मन्त्रालय, बोर्ड, परिषद्, विभाग, आयोग, सचिवालय, निकाय सबैलाई दुग्ध विकास संस्थान (डिडिसी) र त्यस अन्तर्गतका आयोजनाबाट उत्पादित दुध तथा दुग्धजन्य पदार्थको खपत वृद्धि गरी कृषकलाई उत्प्रेरित गर्न आवश्यक रहेकाले प्राथमिकताका साथ खपत बढाउन सरकारले निर्देशन दिएको हो ।
एक परिपत्र जारी गरी संस्थानबाट उत्पादिन दुध र दुग्धजन्य पदार्थको खपत बढाउन आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको छ । मन्त्रालयको प्रशासन तथा विकास सहायता समन्वय शाखाले एक परिपत्र जारी गर्दै नेपाली कृषकलाई उत्पादनमा थप उत्प्रेरित गर्न र स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न यस्तो कदम चालिएको जनाएको छ ।
दुग्ध विकास संस्थान र यस अन्तर्गतका आयोजनाबाट उत्पादित दुध तथा दुग्धजन्य पदार्थको खपत अभिवृद्धि गरी नेपाली कृषकलाई उत्प्रेरित गर्न आवश्यक रहेकाले सबै मातहतका निकायमा संस्थानका उत्पादनलाई प्राथमिकताका साथ प्रयोगमा ल्याउन समन्वय र सहजीकरण गर्नसमेत मन्त्रालयले अनुरोध गरेको छ । स्वदेशी उत्पादनलाई बढावा दिने नीति अनुरूप यो निर्णय लिएको मन्त्रालयले जनाएको छ ।
यो कदमबाट दुग्ध विकास संस्थानको बजार विस्तार हुनुका साथै ग्रामीण क्षेत्रका दुग्ध उत्पादक कृषकले आफ्नो उत्पादनको उचित बजार र मूल्य पाउने अपेक्षा गरिएको छ । डिडिसी र त्यस अन्तर्गतका आयोजनाबाट उत्पादित दुध, दही, घिउ लगायतका सामग्रीको खपत बढाउँदा नेपाली कृषक प्रत्यक्ष रूपमा लाभान्वित हुने बताइएको छ । किसानलाई उत्पादनमा थप उत्प्रेरित गर्न र स्वदेशी उत्पादनको प्रवर्धन गर्न यो कदम चालिएको मन्त्रालयले जनाएको छ ।
यो निर्णयसँगै अब सरकारी बैठक, समारोह र चमेनागृहमा स्वदेशी दुग्ध उत्पादनको प्रयोग बढ्ने अपेक्षा गरिएको छ । यसले दुधको मौज्दात कम गर्न र किसानको भुक्तानीमा सहजता ल्याउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













































