

राजविराज, जेठ ११ गते ।क्षयरोगबाट आफू पनि बच्ने र अरूलाई पनि बचाउने उद्देश्यले नेपाल क्षयरोग निवारण संस्था सप्तरी शाखाले सोमबार जनचेतनामूलक र्याली तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।
बस्तीमा निकालिएको जनचेतना र्यालीमा सहभागी विद्यार्थीहरूले क्षयरोगबाट बचौं, बचाऔं, धुम्रपान लिन्छ ज्यान, मद्यपान गर्छ हैरान लगायतका सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
विष्णुपुर गाउँपालिका वडा नं.७ स्थित जनता आधारभूत विद्यालय विष्णुपुर कट्टीको प्राङ्गणबाट निकालिएको र्याली गाउँबस्ती परिक्रमा गरेका थिए ।
सो क्रममा संस्थाका सचिव विश्वनाथ यादवले माइकिङमार्फत क्षयरोगका लक्षण, लक्षण देखिएपछि खकार परीक्षण गराउनुपर्ने तथा रोग लागेपछि निःशुल्क उपचार उपलब्ध हुने विषयमा स्थानीयलाई जानकारी गराउनु भएको थियो ।
र्यालीपछि आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं.७ का अध्यक्ष लोचन साहले क्षयरोग नियन्त्रणका लागि सबैले प्रचारप्रसार र जनचेतना अभिवृद्धिमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
संस्थाका सभापति बैद्यनाथ झाको अध्यक्षता आयोजित कार्यक्रममा केन्द्रीय सल्लाहकार विजयानन्द झा, सचिव विश्वनाथ भदेसबार यादव, सहसचिव भोगीलाल साह, कोषाध्यक्ष गुन्जेश्वरप्रसाद यादव तथा सदस्यहरू उपेन्द्र यादव र ममता यादव लगायतले क्षयरोग नियन्त्रणको लागि विद्यालय, समुदायस्तरमै जागरुक्ता ल्याउनु पर्नेमा जोड दिएका थिए ।
विष्णुपुर गाउँपालिका वडा नं.७ कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा जनता आधारभूत विद्यालय विष्णुपुर कट्टीका प्रधानाध्यापक रूपनारायण मिश्रलगायत, जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरका सहायक प्रधानाध्यापक जगदीशप्रसाद यादवको उपस्थिति रहेको थियो ।
संस्थाले यसअघि विष्णुपुर गाउँपालिका अन्तर्गत अन्तरमावि स्तरिय “बेटी पढाऊ, बेटी बचाउ” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको थियो ।साथै जनता माध्यमिक विद्यालय हाटीका कक्षा ९ र १० का विद्यार्थीहरूलाई क्षयरोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको संस्थाका सभापति बैद्यनाथ झाले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा सहसचिव भोगीलाल साहले प्रशिक्षण दिनु भएको थियो ।कार्यक्रमलाई सफल पार्न सहयोग गरेका गाउँपालिका कार्यालय, वडा कार्यालय, वडा नं.७ का अध्यक्ष लोचन साह, आधारभूत विद्यालय विष्णुपुर कट्टी तथा जनता माध्यमिक विद्यालय इटहरी विष्णुपुरलाई सम्मान समेत गरिएको थियो ।
विष्णुपुर गाउँपालिकामा विगत ५२ जना क्षयरोगी पत्ता लागेको गाउँपालिकाका स्वास्थ्य संंयोजक शिवकुमार साहले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










































