05/06/2026, 18:36:06
बुधबार, बैशाख २३, २०८३

धारिलो हतियार प्रयोग गरी कीर्तिपुरमा एक युवकको हत्या


काठमाडौँ, वैशाख २३ गते ।काठमाडौँको कीर्तिपुर नगरपालिका–१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको छ ।

उहाँले भन्नुभयो, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।

प्रारम्भिक जानकारी अनुसार साथी–साथीबीच झगडा हुँदा हतियार प्रहार भएको उहाँको भनाइ छ ।