

काठमाडौँ, वैशाख २३ गते । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यवसायी दिपक भट्ट र अर्को व्यवसायी शुलभ अग्रवाललाई अनुसन्धानका लागि विशेष अदालतले हिरासतमा राख्न १२ दिन म्याद थप गरेको छ ।
भट्टको हकमा आज पाँचौं पटक १२ (बाह्र) दिन र शुलभ अग्रवालको हकमा छैटौँ पटक १२(बाह्र) दिन म्याद थप भएको अदालतको आदेशमा उल्लेख छ । विशेष अदालतका न्यायाधीश हेमन्त रावल, न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र न्यायाधीश विदुर कोइरालाको इजलासबाट म्याद थप भएको हो ।


– मातृका दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































