

काठमाडौँ, वैशाख १६ गते । प्रतिनिधिसभाकी उपसभामुख रुवीकुमारी ठाकुर ललितपुरस्थित किस्ट अस्पतालमा उपचार जारी छ ।
उपसभामुख ठाकुर अस्पतालको क्याबिनमा भर्ना गरेर चिकित्सकको निगरानीमा उपचार भइरहेको अस्पतालका प्रमुख सञ्चालन अधिकृत अमिस पाठकले जानकारी दिनुभयो । पाठकका अनुसार उपसभामुख ठाकुर बुधबार बिहान १० बजे अस्पतालमा पुर्याइएको थियो ।
उहाँ भन्नुहुन्छ, “उहाँलाई आज बिहान १० बजे अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याउँदा उहाँ अचेत अवस्थामा हुनुहुन्थ्यो । अस्पतालमा आउँदा उहाँको सुगर कम (शरीरमा चिनीको मात्रा कम) भएको थियो ।”
अस्पतालमा ल्याएर सलाइन पानी चडाउनुका साथै उपचारपछि उपसभामुख ठाकुर होसमा आएको पाठकको भनाइ छ । चिकित्सकको निगरानीमा थप उपचारका लागि उहाँलाई अस्पतालको क्याबिनमा भर्ना गरिएको उहाँको भनाइ छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!






































