

काठमाडौँ, वैशाख ११ गते । उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति जाँचबुझ गर्न गठित आयोगको प्रवक्ताको जिम्मेवारी आयोगका सदस्य गणेश के.सी. लाई तोकिएको छ।
शुक्रबार बसेको आयोगको बैठकले के.सी. लाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो। उनी नेपाल प्रहरीका अवकाशप्राप्त नायब महानिरीक्षक (डिआइजी) हुन्।
सरकारले २०६२/६३ देखि २०८२/८३ सम्मको अवधिमा सार्वजनिक पदमा रहेका उच्चपदस्थ पदाधिकारी तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको अध्यक्षतामा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा पूर्वन्यायाधीशद्वय पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल, नेपाल प्रहरीका पूर्व डिआइजी केसी तथा चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।
आयोगको कार्यालय काठमाडौँस्थित केशरमहलमा रहेको पुरानो शिक्षा मन्त्रालय भवनमा स्थापना गरिएको छ भने आयोगलाई एक वर्षको कार्यविधि तोकिएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!




































