

काठमाडौँ, वैशाख ४ गते । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीको निर्देशनमा काठमाडौँ –११, त्रिपुरेश्वरस्थित बागमती स्वीट्स प्रा.लि.मा शिलबन्दी गरिएको छ।
चैत ३० गते खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौँको संयुक्त टोलीले सो प्रा.लि.मा अनुगमन गर्दा सरसफाइ तथा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएकाले शिलबन्दी गरिएको हो । उक्त प्रा.लि.लाई उत्पादन रोक्न चेतावनी दिँदा पनि अटेरी गरेपछि मन्त्री चौधरीको आदेशमा आज शिलबन्दी गरिएको हो ।


उत्पादन रोक्का गरिएको उक्त प्रा.लि.ले सरकारी कार्यालयमै खाजा पुर्याएको पाइएको थियो । यस सम्बन्धमा थप अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ । मन्त्री चौधरीले आम नागरिकको खाद्य स्वच्छताप्रति सरकार गम्भीर रहेको उल्लेख गर्दै कुनै पनि गुनासो आए कडा कारबाही गरिने स्पष्ट पार्दै आउनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

































