04/10/2026, 14:23:02
शुक्रबार, चैत २७, २०८२

कञ्चनपुरमा जीप दुर्घटना, तीन जनाको निधन


काठमाडौं, चैत २७ गते । कञ्चनपुरमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ बस्ने २४ वर्षीय जिप चालक अर्जुन साउदको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको हो ।

कृष्णपुर नगरपालिका– १ बस्ने ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावतीदेवी बोहराको घटनास्थलमै मृत्यु भएको थियो । बिहीबार कृष्णपुर नगरपालिका– १ कुगडास्थित पहरीया–कुमगडा भित्री सडकमा से १ ज २९० नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका पाँच जनाको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..