04/05/2026, 11:46:42
आइतबार, चैत २२, २०८२

अमरेश कुमार सिंह पनि मन्त्रीको लाइनमा, उद्योग मन्त्रीको सम्भावना


काठमाडौँ, चैत  १३  गते । बालेन्द्र साह (बालेन) नेतृत्वको सरकारमा अमरेश कुमार सिंहलाई मन्त्री बनाउने तयारी भएको छ । उनलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य सिंह सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका हुन् । उनले उक्त क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पराजित गरेका थिए ।

२०७० र २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका सिंह २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव जित्दै संसदमा पुगेका हुन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..