04/07/2026, 04:55:15
सोमबार, चैत २३, २०८२

विश्व बैंकद्वारा वायु प्रदूषण घटाउने परियोजनाका लागि ७ अर्ब ७ करोड २० लाख वित्तीय सहयोग


काठमाडौँ, फागुन २७ गते ।  विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ ।

वायु प्रदूषणको जोखिम उच्च जोखिम भएका काठमाडौँ उपत्यकाका साथै तराइका केही भागमा ‘नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट’ सञ्चालन गर्न उक्त रकम अनुमोदन गरिएको वाशिङ्टनडिसीस्थित विश्व बैंकको प्रधान कार्यालयले जनाएको छ ।

 

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुवाँरहित बनाइने छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत उद्योग विभाग र वन तथा वातावरण मन्त्रालयका साथै वातावरण विभागमार्फत परियोजना कार्यान्वयन गरिने बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..