काठमाडौँ, मङ्सिर ३ : साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजमाथि रोमाञ्चक जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बुधबार भएको खेलमा सुदूरपश्चिमले काठमान्डुलाई २९ रनले हरायो ।
जितका लागि एक सय ४८ रनको मध्यम लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरका सबै विकेटको क्षतिमा एक सय १८ रनमा समेटियो ।


काठमान्डुका लागि आकाश त्रिपाठीले ३४ रन बनाउनुभयो । जोन सिम्पसनले २४, भिम सार्कीले १२, मिलिन्ड कुमारले ११ र सन्नी पटेलले १० रन बनाउनुभयो ।


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।


उहाँले २० बलमा दुई चौका र ६ छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाउनुभयो । उहाँले तीस बलमा तीन चौका र एक छक्का हान्नुभयो ।
यस्तै आरिफ शेखले २५ र इसान पाण्डेले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । 





एनपिएल हेर्नेलाई नि:शुल्क बस सेवा
एनपिएलको डे–नाइट खेल हेरेर फर्कन दर्शकका लागि नि:शुल्क बसको ब्यवस्था गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको विशेष पहलमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिविको तल्लो गेट र ल्याब स्कुलको अगाडिबाट बिभिन्न रुटमा नि:शुल्क बसको ब्यवस्था गरेको हो ।
क्रिकेट खेल हेरेर फर्किने महिला, वृद्ध र अशक्तहरुको सेवाका लागि बेलुकी ६ बजेदेखि आठ बजेसम्म बसको ब्यवस्था गरिएको छ । क्यानले बस सेवा सञ्चालन गर्नको लागि मुस्कान ट्राभल्ससँग सहकार्य गरेको छ ।


यस्तै रुट दुईको त्रिवि गेटबाट सुरु भई स्वयम्भू, बालाजु हुँदै महाराजगञ्जसम्म, रुट तीनको बस त्रिवि गेटबाट सुरु भई बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौशाला हुँदै चाबहिलसम्म र रुट चारको बस त्रिवि गेटबाट सुरु भई बल्खु र सातदोबाटो हुँदै कोटेश्वरसम्म पुग्नेछ।
– गाेविन्द रेग्मी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
































