04/07/2026, 03:31:45
सोमबार, चैत २३, २०८२

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना विश्वकप २०२६ मा छनोट


१३ चैत, काठमाडौं : डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना बुधबार विश्वकप २०२६ मा छनोट हुने दोस्रो टिम भएको छ । अर्जेन्टिनाले ब्युनर्स आयर्समा भएको खेलमा ब्राजिललाई ४–१ ले हराएपछि विश्वकपमा छनोटको खुसीयाली मनाएको हो ।

यो खेल अगाडि नै अर्जेन्टिनाको छनोट औपचारिकता पूरा भइसकेको थियो । अर्जेन्टिना लियोनेल मेस्सी विना मैदानमा उत्रेको थियो । मेस्सी चोटग्रस्त छन् । यसअघि बुधबारको अर्को खेलमा उरुग्वे बोलिभियाको हातबाट गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको थियो ।

यो जितमा अर्जेन्टिनाका लागि जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक एलिस्टर र जियोभानी सिमोनीले गोल गरे । ब्राजिलबाट सम्भव भएको एक मात्र सान्त्वना गोल म्याथेस कुन्हाको नाममा रह्यो ।

बुधबारका अन्य खेलमा भेनेजेएलाले पेरुलाई १–० ले हरायो भने चिली र इक्वेडेरले गोलरहित बराबरी खेले । यस्तै कोलम्बिया र पाराग्वेले २–२ को बराबरी खेले । यो संगै १० टिम सम्मिलित दक्षिण अमेरिकन विश्वकप छनोटको १४औ राउण्डको समाप्तिमा अर्जेन्टिना ३१ अंक सहित तालिकाको शिर्ष स्थानमा रहेको छ भने चिल्ली १० अंक सहित तालिकाको पुछारमा रहेको छ | हालसम्मको तालिका :

 

विश्वकप २०२६ दक्षिण अमेरिका छनोट टेबल

स्थान (Rank) टिम (Team) खेल (P) जित (W) बराबरी (D) हार (L) गोल गरिएको (GF) गोल खाएको (GA) गोल डिफरेन्स (GD) अंक (Pts)
1 अर्जेन्टिना 14 10 1 3 26 8 18 31
2 इक्वेडर 14 7 5 2 13 5 8 23
3 उरुग्वे 14 5 6 3 17 10 7 21
4 ब्राजिल 14 6 3 5 20 16 4 21
5 पराग्वे 14 5 6 3 11 9 2 21
6 कोलम्बिया 14 5 5 4 18 14 4 20
7 भेनेजुएला 14 3 6 5 13 17 -4 15
8 बोलिभिया 14 4 2 8 14 30 -16 14
9 पेरु 14 2 4 8 6 17 -11 10
10 चिली 14 2 4 8 9 21 -12 10